इलाम । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियानको तयारी इलाममा शुरु भएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । त्यही अनुरुप माओवादी केन्द्रले इलामको चुलाचुलीमा पूर्व तयारी शुरु भएको हो ।

तीन महिने अभियानको पूर्व तयारीको हिसाबले भाद्र ८ गते जिल्ला समन्वय समितिको बैठक शुरु भएको छ । त्यसको पूर्वसन्ध्यामा दक्षिणि इलामको चुलाचुली गाउँपालिका ३ का नेता कार्यकर्तासँग भेटघाट शुरु भएको छ । भाद्र १६ गतेबाट शुरु हुने अभियानको आन्तरिक तयारी स्वरुप वडाहरुमा छलफल अन्तरक्रिया शुरु भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इलाम इञ्चार्ज कुुसल लिम्बुको प्रमुख आथित्यतामा अभियानको आन्तरिक तयारी स्वरुप वडाहरुमा छलफल अन्तरक्रिया शुरु भएको छ । उनका अनुसार भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६ गते उद्घघाटन र २५ गतेसम्म वामअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ ।