Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई दुईलाख जरिवाना

माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई दुईलाख जरिवाना

  • सन्देस सम्बाददाता
  • सोमबार, भाद्र ४ २०८०


माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई दुईलाख जरिवाना

इलाम । इलाम बजारमा सञ्चालित माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई दुईलाख जरिवाना गरिएको छ । सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले दुईलाख रुपियाँ जरिवाना गरेको हो ।
इलाम नगरपालिका –७ मा सञ्चालित सप्लायर्सलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ९ङ० बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए ।

उनले उक्त पसलका सञ्चालकलाई आइतबारको मितिले सातदिन भित्र बैंकमा जरिवानावापतको रकम जम्मा गरी भौचरको प्रतिलिपी जिल्ला प्रशासन कार्यालयमा बुझाउन आदेश दिइएको बताए । कोइरालाका अनुसार सो पसलबाट १४ बोरा युरिया, २६ बोरा डीएपी र दुई बोरा पोटास बरामद गरिएको छ । यसअघि पनि प्रशासन कार्यालयले सदरमुकामकै सुनभागा चोकमा रहेको कृषिबिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो ।

बरामदपछि छानविन गरी प्रशासनले सहकारीमार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने उक्त बिज भण्डारलाई पनि दुई लाख रुपियाँ जरिवाना गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार