Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि प्रधानमन्त्रीलाई माग पत्र,फोटो बुक हस्तान्तरण (तस्बिरहरु)

सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि प्रधानमन्त्रीलाई माग पत्र,फोटो बुक हस्तान्तरण (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शनिबार, भाद्र २ २०८०


सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि प्रधानमन्त्रीलाई माग पत्र,फोटो बुक हस्तान्तरण  (तस्बिरहरु)

बाठमाडौँ । कोशी प्रदेशको प्रमुख पप्रर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि सन्दकपुर गाउँपालिकाको जनप्रतिनिधिको टोलीले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई माग पत्र प्रदान गरेको छ ।

सुन्दकपुर गाउँपालिकाले पर्यटकीयस्थलको प्रवद्र्धनका लागि तयार पारेको फोटो बुक हस्तान्तरण गर्दै टोलीले निर्माण हुँदै आएको पर्यटन पूर्वाधार निर्माण सम्पन्नसँगै नयाँ योजना कार्यान्वयनका लागि मागपत्र पेश गरेको हो । सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष सनम राई र पर्यटन प्रवद्र्धनमा काम गर्दै आएका सुजन तिमसिनाले प्रधानमन्त्री प्रचण्डलाई फोटो बुक हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटघाटमा सन्दकपुर २ का वडाध्यक्ष सनम राईले सन्दकपुर गाउँपालिकाले तयार गरेका योजनाहरुको मागपत्र प्रधानमन्त्री प्रचण्डलाई प्रदान गरेका थिए ।


मागपत्रमा सन्दकपुर गाउँपालिका को समग्र विकास साथै सन्दकपुर को विकास ले देश कै अर्थतन्त्र मा सघाउ पुर्याउने कुराको छलफल गरिएको थियो । सन्दकपुर गाउँपालिका को पर्यटन, कृषि , जडिबुटीको विकासगर्न को लागि संङ्घीय सरकारले समेत सहयोग गर्नु पर्ने माग गरिएको थियो ।


गाउँपालिकाले रेडपाण्डा प्रजनन केन्द्र, वन संरक्षणमा आधारित पर्यटन प्रवद्र्धन परियोजना संचालन, गैरीबास कालपोखरी पर्यटकीय सडक संचालनका लागि नितिगत समस्या हल गर्न, इलाम बरबोटे माईपोखरी सन्दकपुर सडक कालोपत्रे योजना सम्पन्न गर्न आवश्यक सहयोगको माग समेत गरेको हो । मागपत्र अध्ययन गर्दै प्रधानमन्त्री प्रचण्डले सन्दकपुर साथै इलामको समग्र विकासमा आवस्यक सहयोग गर्ने समेत प्रतिवद्दता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार