रोङ । इलामको रोङ गाउँपालिका–६ रम्भ्याङ स्थित पर्यटकीय स्थल झण्डी डाँडाको धजे भञ्ज्याङ खण्डमा ज्याकाराण्डा फुल रोपण गरिएको छ । धजेबाट उकालो बाटोको दायाँ खण्डमा २५ बोट ज्याराण्डाको बिरुवा रोपण गरिएको स्थानीय युवा नेता रञ्जित साङपाङ राईले बताए ।
उक्त विरूवाहरू वडाध्यक्ष सत्यम चौरासे ले प्रदान गरेका हुन् । रम्भ्याङ र जौवारीका युवाहरूको उपस्थितिमा रोपण गरिएको उक्त बिरुवा फुल्न थालेपछि झण्डि पर्यटकीय स्थल थप सुन्दर हुने रम्भ्याङ सामुदायिक बनका अध्यक्ष आशिष प्रधानले बताए ।
