Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने इलामका युवक पक्राउ

पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने इलामका युवक पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ३१ २०८०


पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने इलामका युवक पक्राउ

इलाम । वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका- ६ स्थायी घर भई काठमाडौँको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन् ।

उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जनाएको छ । उनले प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै पीडितहरूलाई पटक पटक गरी ३९ लाख रुपैयाँ उठाएर भागेका थिए ।

वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार