Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

वर्षातले क्षति पुगेको सन्दकपुर जोड्ने सडक मर्मत (तस्बिरहरु)

वर्षातले क्षति पुगेको सन्दकपुर जोड्ने सडक मर्मत (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • बिहिबार, साउन २५ २०८०


वर्षातले क्षति पुगेको सन्दकपुर जोड्ने सडक मर्मत (तस्बिरहरु)

सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर जोड्ने सडक मर्मतको काम शुरु भएको छ । विप्लाटे सन्दकपुर सडक अन्तरगत सन्दकपुर २ को श्रीहाङ्जी सडक खण्ड मा वर्षाको कारण बिग्रिएपछि मर्मत गरिएको हो ।

सडक मर्मत गर्न सन्दकपुर गाउँपालिका २ को संयोजनमा शसस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट कालपोखरी स्थानिय नागरिक र नेपाल प्रहरी कालपोखरीको संयुक्त सहकार्यमा मर्मतको काम हुँदै आएको हो ।

सडक मर्मतका लागि वडाध्यक्ष समन राई, शसस्त्र प्रहरी बोडर आउट पोष्ट कालपोखरीका प्रमुख पदम दाहाल, नेपाल प्रहरीको असइ सुमन खतिवडा र स्थानीय पासङदावा सेर्पाको नेतृत्वमा स्थानीयबासी सहितको टोलीले सडक मर्मत गर्दै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार