विराटनगर । कछुवा गतिमा निर्माण हुदै आएको विराटनगर चक्रपथ द्रुत गतिमा निर्माणका लागि पहल गर्ने माओवादी नेता तथा कोशी प्रदेशका सासंद जीवन आचार्यले प्रतिवद्धता जनाएका छन् । विराटनगरलाई ग्रामीण बस्तीसँग जोड्ने विराटनर चक्रपथ निर्माणका लागि संघीय सरकारसँग पहल गरिररहेको सासंद आचार्यले बताए । उनले आफ्नो पहलमा ३० करोड रुपैयाँ बजेट जुटाउने काम भइसकेको बताए ।
२०५२ सालनमा निर्माण शुरु भएको चक्रपथ २८ वर्ष बितिसक्दा पनि अहिलेसम्म निर्माण सकिएको छैन । चक्रपथ निर्माणमा बजेट कम भएकाले त्यसलाई चाँडो निर्माण सम्पन्नका लागि पहल गर्ने र निर्माण सक्ने सासंद आचार्यले जानकारी दिए ।
चक्रपथ पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल, मनमोहन अधिकारी, बिजय गच्छदार, भरतमोहन अधिकारी, बिजय गञ्छदार, महेश आचार्य र शुसिल कोइरालाले पहल गरेपनि निर्माणको काम सम्पन्न नभएको अवस्थामा सासंद आचार्यले ४ वर्षमा श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् । गाउँलाई सहरसँग जोड्ने चक्रपथ मेरो चुनावी एजेण्डा भएकाले ४ वर्षमा पुरा गर्ने सासंद आचार्यले बताए । सासंद आचार्य चक्रपथ क्षेत्रका बुढिगंगा हात्तिमुढाका बासिन्दा हुन् ।