फिक्कल । पर्यटकीय नगर सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र कन्यामबाट फिक्कल जोड्ने सडक खण्डहर बनेको छ । सडक मर्मतको काम ६ वर्षदेखि नहुँदा मेची राजमार्गको फिक्कल कन्याम खण्डमा ठुलठुला खाल्डा भइ पानी जमेको छ । राजमार्ग भनेपछि खाल्डाखुल्टि नभएको हुनुपर्ने हो ।

खाल्टाखुल्टि भए तुरुन्तै मर्मत गर्नुपर्ने र अवरुद्ध भए तत्काल खुलाउनु पर्छ । तर इलामको पर्यटकीय नगरि सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलबाट कन्याम जोड्ने सडक ६ वर्षदेखि मर्मतको काम भएको छैन । सडकको कुनै क्षेत्र त यस्तो अवस्थामा छकी जुन ठाउँमा गाडि हिड्न हैन भैसी आहाल बस्ने गरि खाल्डा परेर पानी जमेको हुन्छ । सडकको लाली भत्किएपनि वर्षौदेखि मर्मत भएको छैन ।

नालि धस्सिएर क्षति भएको सडक वर्षौदेखि भत्किदा पनि मर्मतको काम नभएको हो । सडक मर्मत नहुँदा सवारीसाधन आवजावतमा समस्या हुनुका साथै कतिपय खण्डमा जाम समेत हुने गरेको छ ।
सूर्योदय नगरपालिकको केन्द्र फिक्कल बजारदेखि कन्याम सडक खण्ड ६ किलोमिटर रहेको छ । यो सडक खण्ड मर्मतका लागि ६ वर्षदेखि स्थानीयले पटक पटक माग गर्दै आएका छन् । सडकको क्षेत्राधिकार भित्र रहेका घर टहरा सुर्योदय नगरपालिकाले भत्काएपनि मर्मतका लागि भने कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

सडक मर्मतका लागि आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का लागेको थियो । निर्माण कम्पनीसँग २६ किलोमिटर सडक कालोपत्रे गर्ने सझौता भएपनि १० किलोमिटर मात्रै गरेपछि अहिले अलपत्र छ ।
ठेक्का अलपत्र भएपछि २०८० बैशाखमा ठेक्का तोडिएको सडक डिभिजन इलामका इञ्जिनियर संजय गौतमले बताए । ठेक्का तोडेपछि अदालतबाट अथास्थितिमा राख्न आदेश दिएकाले थप कुनै निर्णय भएको छैन ।

DCIM100GOPROGOPR0397.JPG

DCIM100GOPROGOPR0401.JPG

DCIM100GOPROGOPR0402.JPG





