Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नयाँ शैलीमा लाग्नुपर्छ : केन्द्रीय सदस्य डा संग्रौला

नयाँ शैलीमा लाग्नुपर्छ : केन्द्रीय सदस्य डा संग्रौला

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २२ २०८०


नयाँ शैलीमा लाग्नुपर्छ : केन्द्रीय सदस्य डा संग्रौला

इलाम । राजनिति नयाँ शैलीमा बदल्नुपर्ने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रैलाले बताएकी छन् । इलाममा भएको पत्रकार सम्मेलनमा उनले पुराना राम्रा कामलाई अवलम्बन गर्दै नयाँ पनमा राजनिति पनि अघि बढाउनु पर्ने उनको भनाई छ ।

नेपाली काँग्रेसको बिशेष आन्तरिक अभियान अन्तर्गत इलाम आएकी उनले पाटीका टोलदेखी केन्द्रसम्म रहेका नेताहरुले सच्चिनु पर्ने धारणा राखीन । सामाजिक सञ्चालको अधिकतम उपयोग गरेर आम जनतासम्म पार्टीका धारणा लैजान समेत उनले आग्रह गरिन् ।

केन्द्रिय कार्यसमितिको निर्णय अनुसार केन्द्रीय सदस्य संग्रौलालाई ९जिल्ला प्रतिनीधिका रुपमा खटाएको छ । उनले जिल्लाका वडा र टोल सम्म विशेष अभियान शुरु गरिने बताइन् । श्रावण २० देखि ३० सम्म संचालन हुने बिशेष आन्तरिक अभियान अन्तर्गत जिल्ला कार्य समिति, क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समिति, गाउँ नगर समिति, वडा समितिहरुको पुर्णता दिइने बताइएको छ ।

आन्तरिक सहमति सहकार्य र एकताका लागि अभिलेखिकरण गर्ने साथै जनजिविकाका सवालमा आइपर्ने समस्या सम्बोधन गर्न गाउँ सेवा दल गठन गर्ने सम्मका कार्ययोजना रहेको डा संग्रौलाले जानकारी दिइन् ।

स्थानीय तहमा निर्वाचित भएका पार्टिका जनप्रतिनीधिहरुलाई पार्टिको घोषणापत्रमा भएका नीति कार्यान्वयन गराउन पहल गर्ने, संचार प्रविधिको सञ्जालमा सवै तहका पार्टी संरचनालाई आवद्ध गराउने अभियानको उदेश्य रहेको उनको भनाई छ ।

आन्तरिक अभियान भएकाले पहिला पार्टीमा जोश जाँगर ल्याउन यो केन्द्रको निर्देशन अनुसार नै अघि बढाइएको सार्टी जिल्ला सभापती डम्बर खड्काले बताए । उनले अभियानमा सबै वडा र र टोलसम्म नै केही नयाँ कार्यक्रम पुर्याइने समेत बताए ।

जिल्ला कार्य समितिले विशेष आन्तरिक अभियान अन्तर्गत जिल्ला स्तरिय कार्यक्रम संचालन गर्न कार्यतालिका बनाएको जिल्ला सचिव पुर्ण गौतमले जानकारी दिए । उनले सबैलाई समेट्ने गरि काम गरिरहेको बताए ।

पार्टीका पदाधिकारी र जिल्ला सदस्यहरुलाई बिशेष बिशेष कार्यक्रमका लागि जिम्मेवारी समेत दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार