Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पर्यटन विकासको नाममा धरातल भुल्नुहुँदैन : मन्त्री किराती

पर्यटन विकासको नाममा धरातल भुल्नुहुँदैन : मन्त्री किराती

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १५ २०८०


पर्यटन विकासको नाममा धरातल भुल्नुहुँदैन : मन्त्री किराती

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताएकाछन्। कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको आव २०८०/८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा उनले पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिने संरचनाले पूर्खाको झल्को दिनुपर्नेमा जोड दिए।

“विदेशीको नक्कल गर्ने बानीले हामी बिग्रिरहेका छौँ”, उनले भने, “यहाँको प्रकृति आफैँमा सुन्दर छ । डाँडाडाँडामा भ्युटावर जरुरी छैन । श्रमबाट संरक्षण गरौँ, डोजरबाट होइन ।” नेपालको पर्यटन विकासले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार गरेर अगाडि बढ्नुपर्ने तर्क गरे।

सांसद महेश बस्नेतले इलाम जिल्लाको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भए पनि यस वर्ष बजेट विनियोजन नहुनु दुःखत रहेको बताए। उनले सम्भावना नै सम्भावना भएको इलामको राजमार्ग अस्तव्यस्त अवस्थामा रहेको बताउँदै यसलाई व्यवस्थित गर्न आफूले जोड दिइरहँदा पनि बजेटको व्यवस्थापन हुन नसकेको जानकारी गराए।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि कति पनि कञ्जु्याइ नगरी काम गरिरहेको बताए। उनले हरेक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यस आवका लागि लम्पी स्किनले किसानका गाईवस्तुमा पुर्याएको क्षतिपूर्तिका लागिसमेत बजेट विनियोजन गरेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार