पशुपतिनगर । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती इलामको सीमा नाका पशुपतिनगरको निरिक्षण गरेका छन् । पशुपतिनगर नेपाल भारत सीमा क्षेत्रमा रहेको इलामको व्यपारिक केन्द्र हो । व्यापारिक केन्द्रमा पशुपतिनगर भारतको पर्यटकीय सहर दार्जिलिङ भ्रमण गर्ने पर्यटकहरुको किनमेलको बजार रहेको छ ।
पशुपतिनगरमा सस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती नगर प्रमुख रण बहादूर राई, नगर उप प्रमुख दुर्गा कुमार बराल, नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल प्रहरी प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरीका इलाम प्रमुख द्रोण विष्ट, राष्ट्रिय अनुसन्धान केन्द्र उप निर्देशक विमल घिमिरे, मन्त्रीका स्वकिय सचिव नगेन्द्र भुजेल, नेकपा माओवादी केन्द्रका इलाम अध्यक्ष बिजय राई, प्रदेश कमिटि सदस्य प्रविन तिमिसिनाको उपस्थिति रहेको थियो । मन्त्री किराँतीले निर्माण भएको पर्यटन सुचना केन्द्र निरिक्षण गरेका थिए ।
