चुलाचुली । इलामको दक्षिणि चुलाचुली २ मा कटान रोक्न बाँस पाइलिङ गर्ने काम सम्पन्न भएको छ । चुलाचुली गाउँपालिका वडा नं २ बुडिझोला टोल छथरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो । वडा नम्बर २ का वडाअध्यक्ष लक्ष्वण श्रेष्ठको नेतृत्व र आम उपभोत्ता को सहयोगमा बाँस पाइलिङ तटबन्धन गरिएको वडासदस्य मैत राईले बताए ।
