Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय गन्तव्य बन्दै माङ्सेबुङ्ग गाउँपालिकाको तीन थुम्की डाँडा (तस्बिरहरु)

पर्यटकीय गन्तव्य बन्दै माङ्सेबुङ्ग गाउँपालिकाको तीन थुम्की डाँडा (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बिहिबार, साउन ११ २०८०


पर्यटकीय गन्तव्य बन्दै माङ्सेबुङ्ग गाउँपालिकाको तीन थुम्की डाँडा (तस्बिरहरु)

माङ्सेबुङ्ग । तीन थुम्की डाँडा माङ्सेबुङ्ग गाउँपालिका ६ नम्बर वडामा अवस्थित छ । समुन्द्र सतहबाट २ हजार ५ सय मिटरको उचाईमा रहेको तीनथुम्की डाँडा पर्यटकीय गन्तव्य हो । माङ्सेबुङ्ग ६ को चिसोपानी पञ्चमी बजारबाट ४५ मिनेट पदैल यात्रा पुगिन्छ तीन थुम्की डाँडा । सूर्योदय र सूर्यास्तको दृश्य डाँडाबाट मज्जाले देखिन्छ ।

तीन थुम्की डाँडाको पदयात्रा सहज बनाउन पक्की पदमार्ग निर्माणको काम हरेक वर्ष हुँदै आएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । इलाम, पाँचथरका पहाडी भू–भाग र तराई क्षेत्रको समथर भू–भाग देख्न सकिने डाँडामा इलाम, पाँचथर र तराईका जिल्लाबाट पर्यटकहरु पुग्ने गरेका छन् । घना जंगलको बीचमा रहेको तीनथुम्की डाँडामा चैत्र–वैशाखमा ढकमक्क गुराँस फुल्ने गरेको छ ।

डाँडामा भ्यु टावर समेत निर्माण भएको छ । भ्यू टावरबाट कुम्भकर्ण, कंचनजङ्घा हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । डाँडामा समथर भू–भाग समेत रहेकाले वनभोजस्थलको रुपमा विकास भइरहेको गाउँपालिका उपाध्यक्ष बिनोद नेम्बाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार