Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

‘नेपाली सेना’ बन्ने सपना बोकेका २० बर्षिय प्रशान्तको आर्थिक अभावले उपचारमा समस्या

‘नेपाली सेना’ बन्ने सपना बोकेका २० बर्षिय प्रशान्तको आर्थिक अभावले उपचारमा समस्या

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन ७ २०८०


‘नेपाली सेना’ बन्ने सपना बोकेका २० बर्षिय प्रशान्तको आर्थिक अभावले उपचारमा समस्या

फिक्कलः इलामको सूर्योदय नगरपालिका—१ लामिधुराका प्रशान्त सुब्बा अस्पतालको शैयामा बेहोस छन् । अस्पताल भर्ना भएको चार दिन बितिसक्दा पनि आर्थिक अभावका कारण थप उपचार हुन सकेको छैन । नेपाली सेनाको सपना बोकेर तालिममा होमिएका २० बर्षिय प्रशान्तले चारालीमा पहिलो चरणको तालिम सकेका थिए ।

गोर्खेको हिमालय माविमा कक्षा ११ अध्ययन गरिरहेका उनी दाश्रो चरणको तालिम दिने बिहान अचानक बेहोस भए । यतिबेला झापाको ‘विएण्ड सी’ अस्पतालमा उनको उपचार भइरहेको छ । “हालसम्म डेढ लाख बिल उठिसकेछ । सबै रिपोर्ट आईनसकेकाले के भएको सम्म थाहा छैन ।” छिमेकी सङ्गिता राईले भनिन, “खाता बोकेर सहयोग सङ्कलन गर्न हिँडेको दुई दिन भयो । दुःख—सुख एक लाख जति जम्मा भएको छ । अझै कति लाग्ने हो टुङ्गो छैन ।”

उनी भनिन्छ, “घरमा खानलाई नै धौ—धौ छ बिचराको ।” अघिल्लो साँझ घरमा एक्लै भएकि आमालाई भोलि तालिम दिन जाने भनेका प्रशान्तले बिहान अचानक म बिरामी भए भन्दै साथी ओमन राईलाई सुनाएछन्। “आमासंगको लामो भलाकुसारीमा मैले जागिर खाएपछि त पाल्छु नि हौ अहिले दुखै गरौँ भनेका पनि रहेछन् ।” राईले सुनाइन, “छोराको खबरले आमा नै अर्धचेत भइसक्नु भएको छ ।”

प्रशान्त अचानक बेहोस भएपछि साथी ओमनले मनमोहन अस्पतार पुर्याए । अवस्था जटिल देखेर बिर्तासिटी लैजान भनिएछ । त्यहाँपनि नभएपछि अहिले बिरामी विएण्डसीमा छन् । केहि बर्षअघि बुबा गुमाएका प्रशान्तको सामान्य जग्गाजमिन समेत छैन । आमाले बनिबुतो गरेर पढाइरहेको उनलाई छिट्टै रोजगार बन्नुपर्ने नैतिक दबाब थियो ।

त्यसैले बाल मनस्थितिमै ‘नेपाली सेना’ बन्ने सपना बोकेर तालिम भिडिरहेका प्रशान्तको उपचारमा यथासक्य सहयोग गरिदिन आमा राधिका सुब्बाले अनुरोध गरेकी छन् । सहयोगका लागि छिमेकी सङ्गिता राईको सम्पर्क नम्बर ९८४४६६६१५७, ९८५२६४२००६

प्रतिक्रिया
सम्बन्धित समाचार