राेङ । इलामको रोङ गाउपालिकामा गत आर्थिक बर्षको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक बर्ष भरी गाउँपालिका अन्तरगत बिभिन्न शाखाले सञ्चालन गरेको कार्यक्रमको के कस्ता उपलब्धी भए भनेर समिक्षा कार्यक्रम गरिएको हो ।
गाउँपालिकाका सबै शाखाका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो शाखाको प्रगति बिवरण प्रस्तुत गरेका थिए । गत आर्थिक बर्षमा बिभिन्न शाखाहरु मध्ये स्वास्थ्य साखा को उपलब्धी राम्रो रहेको बताइएको छ ।
गत आर्थिक बर्षमा रोङ गाउँपालिकामा करिब ८४ प्रतिशत हाराहारीमा उपलब्धी भएको जानकारी गराइएको थियो । दुइ दिन सम्म सञ्चालन भएको समिक्षा कार्याक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले क्वालिटि कन्ट्रोलमा ध्यान दिन आग्रह गरे ।
स्थायी संरचनाको रुपमा रहेको कर्मचारीहरुले उपलब्धी देखिने गरी काम गर्नुपर्नेमा गाउपालिका अध्यक्ष स्याङबोले बताए । उनले सबै शाखाको बिचमा एक अर्कामा अन्तरसम्बन्ध रहेको बताउदै कर्मचारीहरु बिच सहयोग र सहकार्य गर्न सुझाब दिए ।
त्यसैगरी कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उपाध्यक्ष बिष्णुमाया खवासले कर्मचारी बिच भएको भनिएको गुटबन्दीले गाँउपालिकाको राम्रो सन्देश नजाने बताइन् । उनले सबै शाखा र कर्मचारीले जिम्बेवारीको साथ काम गर्नुपर्ने बताइन ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले कर्मचारीमा देखिएको भनिएको गुटबन्दीको कुरामा आफूले अध्ययन गर्ने बताए । बिना निबेदन कुनै पनि कर्मचारीको बिदा स्वीकृत नहुने र कुनै समस्या भए छलफलबाट समाधान गरिने बताए ।
गाउँपालिकाले यस बर्ष पनि बजेट सार्बजनिक गरिसकेको छ । यसबर्ष रोङ गाउपालिकाले ४९ करोडको बजेट सार्बजनिक गरिसकेको छ ।