Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पाथीभरा मन्दिरमा व्यवस्थित टहरा

पाथीभरा मन्दिरमा व्यवस्थित टहरा

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २७ २०८०


पाथीभरा मन्दिरमा व्यवस्थित टहरा

इलाम । इलामको रोङ गाउँपालिकाको  पाथीभरा मन्दिर परिसरमा ब्यवस्थित टहरा निर्माण गरिएको छ । धार्मिक आस्थाको केन्द्र पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनलाई सहज गराउन र ब्यवसायीक हिसावले टहरा निर्माण गरीएको हो । टहरा निर्माण पछि मन्दिर परिसर आकर्षक र ब्यवस्थित बन्नुको साथै मन्दिर परिसरमा ब्यपार ब्यवसाय गर्नेलाई समेत सहज भएको छ ।

४८ वटा ब्यवस्थित टहरो निर्माण र मन्दिर परिसर सजावटको लागि ६८ लाख ४२ हजार ६ सय रुपैयाँ खर्च भएको छ । चालु बर्षमा कोशी प्रदेश सरकार पर्यटन तथा वन वातावरण मन्त्रालयको ४० लाख , रोङ गाउँपालिकाको २० लाख र उपभोक्तावाट ६ लाख १२ हजार पाँचसय नगद लगानीमा ४८ वटा ब्यवसायीक टहरा निर्माण गरिएको छ ।

उक्त स्थानमा बिद्युत जडान, हाँसपोखरी कुट्टीडाँडा क्षेत्रमा दुवोरोपण ,इलाम प्रबेशद्वार जोरकलस, कुट्टीडाँडा,हासपोखरी हर्कटे जस्ता मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसलाई सौन्दर्यकरण र आकर्षक बनाउने प्रयत्न गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।

धार्मिक पर्यटनसंगै मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई समेत सौन्दयकरणले आर्कषित गराउने प्रयास गरिएको हो । उक्त सौन्दयृकरणले रोङको कारोवार बढ्ने प्रचुर सभावना रहेको रोङ गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् । रोङ–३ मा रहेको पाथीभरा मन्दिर परिसरमा माता पाथिभरा साना पर्यटन व्यवसायी संस्था स्थापना गरि ब्यवसाय गर्दै आएका छन ।

उनिहरुले मन्दिरमा आउने भक्तजनको लागि पुजा सामग्री लगायतको सेवा प्रदान गर्ने गरेका छन । साना ब्यवसायी संस्थामा हालसम्म ४७ र एक चटपटे ब्यवसायी आवद्ध रहेको ब्यवसायी दिनेस निरौलाले जानकारी दिए । संस्थामा आवद्ध ब्यवसायी, टोल बिकास सस्था र स्थानीयबासिले मन्दिर परिसरलाई ब्यवस्थित गर्न सरसफाई र ब्यवस्थापन लगायतका काममा नियमित रुपमा लागि परेका छन् ।

पछिल्लो समय गाउँपालिकाको मातहतमा मन्दिरलाई ल्याई ब्यवस्थित गरिए पछि मन्दिरको आम्दानी समेत ह्वात्तै बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार