फाकफोकथुम । इलाम फाकफोकथुम चार फुएतप्पामा करेन्ट लागेर गोरु मरेको छ । बिहान १२ बजे खेतमा किसान सेर बहादुर श्रेष्ठले गोरू जोतिरहेको अवस्थामा करेन्ट लागेर गोरू मरेको छ। छिमेकी तुलसी श्रेष्ठको खेतमा खेत जोत्न खेतला गएको किसान सेर बहादुर श्रेष्ठले जोत्दै जान्दा खेतको नजीक थावा खोला लघु जलविद्युत ख को करेन्ट लागेर मरेको हो । विद्युत मेनलाईन खेतको बिचमा रहेको पोलमा बिधुत सट भएर जोतिरहेको गोरू मरेको प्रत्यक्षदर्शी गोविन्द श्रेष्ठले बताए ।

जोतिरहेको गोरू करेन्ट लागेर मरेको छ भने किसान हली सेर बहादुर श्रेष्ठ भने बाच्न सफल भएको छ। खेतमा रोपाई गर्ने खेतलाहरूले होहल्ला गरेपछि तत्कालै पावर हाउसका थावा खोला लघु बिधुतका प्राविधिक सुपरभाइजर भेष राज पराजुली मार्फत लाइन अफ गर्न लगाईएको गोविन्द श्रेष्ठले बताए।घटना स्थलमा सुपर भाइजर भेजराज पराजुली पुगेर मेन पोल चेकजाँच गर्दा फेजको डि आइरन फुटेर फलामको पोलमा टच भएर गोरू करेन्ट लागेर मरेको बताए । घटना भएको केहि घण्टापछि वडाअध्यक्ष पदम बहादुर मगर र गाउँ पालिका अदक्ष्य दिपेन्द्र खनाललाई जानकारी गराएको किसान सेर बहादुर श्रेष्ठले बताएका छन् ।