इलाम : इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा वृक्षारोपण कार्य अघि बढाइएको छ । इलाम सन्दकपुर पर्यटन सडक आसपास ५ सय चाँप र ४ सय गुराँसको विरुवा रोपिएको वडाध्यक्ष ढाल बहादुर गुरुङले बताए ।
इलाम सन्दकपुर पर्यटन सडक निर्माणको क्रममा पुग्न गएको वातावरणीय क्षतिलाई न्युनिकरण गर्नका लागि मल्हमपट्टी लगाउने काम भएको उनले बताए । वृक्षारोपण कार्यमा प्रवोध माविका विद्यार्थी, शिक्षक, स्थानीयबासिन्दा, जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
