Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम पालिकाको केन्द्रबाट उत्तरे जोड्ने सडक चौडा गर्ने काम सम्पन्न (तस्बिरहरु)

फाकफोकथुम पालिकाको केन्द्रबाट उत्तरे जोड्ने सडक चौडा गर्ने काम सम्पन्न (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बिहिबार, असार २१ २०८०


फाकफोकथुम पालिकाको केन्द्रबाट उत्तरे जोड्ने सडक चौडा गर्ने काम सम्पन्न (तस्बिरहरु)

फाकफोकथुम । इलामको पश्चिमि पालिका फाकफोकथुम गाउँपालिकाको केन्द्र जोड्ने सडक चौडा गर्ने काम सकिएको छ । राँके रबि सडकमा पर्ने उत्तरे पोखरीबाट फाकफोकथुम पालिकाका केन्द्र रहेको आमचौक जोड्ने सडक चौडा गर्ने काम सकिएको हो ।


पालिका स्तरीय योजनाका रुपमा छनौट भइको सडक ७ मिटर फाराकिलो बनाउने काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । राँके रबी सडक कालोपत्रे भएपछि फाकफोकथुम गाउँपालिका जोड्ने सडक कालोपत्रेका भएपछि उत्तरे आमचोक सडक पालिकाको केन्द्र जोड्ने छोटो सडक हुने भएकाले चौडा गर्ने क्रम गरिएको उनले बताए ।

चौडा गर्ने काम सकिएको सडक २ वर्षमा १२ महिनानै सडकमा गाडि गुड्ने योग्य बनाउने काम २ वर्षमा सक्ने योजना रहेको छ । सडक चौडा गर्ने कामको गाउँपालिका उपाध्यक्ष कल्पना राईको नेतृत्वमा अनुगमन गर्ने काम सकिएको छ ।

अनुगमन टोलीमा भौतिक पूर्वाधार संयोजक कविता राई प्रमुख प्रशासकिय अधिकृत दिल कुमार लिम्बु, सवइन्जिनियर दिलकुमार राई , उपभोक्ता समितीका अध्यक्ष पदम राई , सचिव सुबास रार्ई नेपाल पत्रकार महासंघ इलामका सल्लाहाकार सुजन तिमल्सिना, पत्रकार प्रविन तिमसिना लगायतको उपस्थिति रहेको थियो । ७ किलोमिटर सडक ३२ लाखमा चौडा गरिएको हो । उपभोक्ताको २० प्रतिशत, गाउँपालिका ३० प्रतिशत र प्रदेश सरकारको समपुरक कोषबाट ७० प्रतिशत गरि सडक चौडा गर्ने काम सकिएको प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार