इलाम । इलाम नगरपालिका ४ का किसानलाई खानेपानी ट्याङ्की र पाइप वितरण गरेको छ । इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलालले १७ जनालाई ५०० लिटरको खानेपानी ट्याक्कि वितरण गरेका हुन् ।

यसैगरी २१ परिवार किसान र २ वटा आधारभुत बिध्यालय समेत गरि २ हजार ७०० मिटर पाइप वितरण गरेको हो । २० एम एमको खानेपानी पाइप वडा बासि विभिन्न टोलका गरिब ,बिपन्न ,दलित र सुख्खा क्षेत्रका बासिन्दालाई वितरण गरिएको हो ।
