Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

कन्याम क्षेत्रमा वृक्षरोपण कार्यक्रम, विरुवा संरक्षणमा चासो छैन

कन्याम क्षेत्रमा वृक्षरोपण कार्यक्रम, विरुवा संरक्षणमा चासो छैन

  • गाेपाल गिरि
  • बुधबार, असार २० २०८०


कन्याम क्षेत्रमा वृक्षरोपण कार्यक्रम, विरुवा संरक्षणमा चासो छैन

कन्याम । इलामको सूर्योदय नगरपालिकाको पर्यटकीय गन्तव्य कन्याम क्षेत्रमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सुर्योदय नगरपालिकाले विगत वर्षहरुमा झै यस पटक पनि उपलब्ध गराएको ४ सय थान विरुवाहरु हुरहुरे गोलाई देखि लभ डाडाँ परिसरमा रोपिएको हो । रोपिएको विरुवाहरुमा शिरीष तथा अन्य जातको रहेको वृक्षारोपणमा सहभागी होटल व्यवसायी यज्ञराज गिरीले जानकारी दिए ।

भविष्यमा थप संख्यामा विरुवाहरु प्राप्त हुने र रोपिने उनले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा स्थानीय होटल व्यावसायी, ट्रली व्यवसायी, घोडचढी संघ ,प्रहरी चौकी हर्कटे तथा स्थानीय बासिन्दाको सक्रिय सहभागीता रहेको थियोे । स्वच्छ तथा हरित पर्यटकीय नगरीको रुपमा विकास गर्ने भन्दै वर्षेनी वडा तथा टोलहरुको सहभागीता वृक्षारोपण गर्दै आएको छ । तर हाल सम्म एउटा बिरुवा पनि जागेको अवस्थामा छैनन् ।

विगतका वर्षहरुमा पनि चाप, शिरीष तथा साईप्रस जातका विरुवाहरु टोल तथा वडा वडामा पु¥याएर रोपिएको भए पनि उचित स्याहारसुसार र संरक्षणको अभावमा रोपिएको केही दिनमै उखेलिने ,सुक्ने र मर्ने गरेको छन् । आन्तरिक तथा बाह्य भ्रमणकर्ताहरुको घुईचो लाग्ने चिया वगान क्षेत्रमा व्यवस्थापन पक्षले ध्यान दिन नसक्दा चियाको बुट्टामा टेक्ने, बुट्टा माथि बसेर फोटो खिच्ने आदि कार्य ले कन्यामको पहिचान बोकेको चियाका कतिपय बोटहरु सुक्दै र मर्दै जान थालेको छन् ।

भरपर्दो संरक्षण र बार वन्देजको अभावमा जतिसुकै बिरुवा रोपिए पनि अर्थ नरहने अर्का पर्यटन तथा होटल व्यावसायी टेकराज गिरीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार