Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकामा वातावरण संरक्षण र संस्थागत दिगोपनका लाागि नेतृत्व विकास तालिम

माईजोगमाई गाउँपालिकामा वातावरण संरक्षण र संस्थागत दिगोपनका लाागि नेतृत्व विकास तालिम

  • सन्देश सम्बाददाता
  • आइतबार, असार १७ २०८०


माईजोगमाई गाउँपालिकामा वातावरण संरक्षण र संस्थागत दिगोपनका लाागि नेतृत्व विकास तालिम

माईजोगमाई । माईजोगमाई गाउँपालिकामा वातावरण संरक्षण र संस्थागत दिगोपनका लाागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । छिपछिपे सिमसरा संरक्षण महिला समुहको आयोजना र टेवा नेपाल संस्थाको आर्थिक सहयोगमा माईजोगमाई गाउँपालिकामा वातावरण संरक्षण र संस्थागत दिगोपनका लाागि नेतृत्व विकास तालिम अयाोजना भएको हो । तीन दिन सम्म आयोजना भएको तालिम समापन समुहकी अध्यक्ष रेनुका अधिकारीको अध्यक्षता प्रमुख अतिथि माईजोगमाई गाउँपालिका अध्यक्ष कुस बहादुर थेवे हरेका थिए ।


तालिमको समापनका अवसरमा माईजोगमाई गाउँपालिका शिक्षा शाखा प्रमुख करुणा नेपाल, कार्यपालिका सदस्य लक्ष्मी राई, तारेभिर कालिका वन समुहकी अध्यक्ष बिक्रम अधिकारी, तारेभिर कालिका मन्दिर संरक्षण तथा पर्यटन समितिका अध्यक्ष कुसुम दाहाल, महिला बहुउदेश्य सहकारी संस्थाकी अध्यक्ष पुनम गुरुङ्ग रहेका थिए । राम रिमालले सहिजकरण गरेको तालिमको समापनमा दुई जना आमाहरुलाई सम्मान गरिएको थियो ।  सम्मान हुनेमा विष्णुमाया भट्टराई र कमला सुनुवारलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार