इलाम । नेकपा एमाले सचिव योगेश भट्टराईले एमालेलाई धम्कि दिएर पहिचानका आधारमा नाम नपाइने बताएका छन् । नेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तिको अवसरमा इलाममा अन्तरसम्बाद कार्यक्रमको प्रमुख बक्ता रहेका योगेश भट्टराईले पहिचान पाउनका लागि एमाले पार्टीलाई फकाउनुपर्ने र सहकार्य गर्नुपर्ने बताए । एमालेको कोशी प्रदेश सभामा ४० मत भए पनि एमालेका विरुद्ध माओवादी पार्टी लागेको आरोप लगाए ।
प्रचण्डको ढाडमा टेकेर टाउकामा हान्ने योजना अनुसार एमालेमाथि प्रहार भएको आरोप लगाए । उनले भने–`एमाले कोशी प्रदेशको प्रमुख दल हो एमालेसँग सहकार्य नगरि प्रदेशले पहिचानको नाम पाउन सक्दैन ।´
पहिचानका आधारमा नाम राखिनुपर्ने माग गर्दै आएका आन्दोलनकारीले इलाम चौक बजारमा कालो झण्डा देखाएपछि आक्रोसित मुद्रा रहेका भट्टराईले नेपालका ९८ प्रतिशत संचारमाध्यमले सत्य समाचार नलेख्ने गरेको आरोप लगाए । उनले नेपालमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको अझै महत्व बढेको बताए ।