इलाम । जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तिको अवसरमा इलाममा अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र उपलब्धि र चुनौती विषयक अन्तर संवाद कार्यक्रम जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको थियो ।

मदन भण्डारी फाउन्डेसन इलाम जिल्ला कमिटीको आयोजनामा सम्पन्न कार्यक्रम नेकपा एमालेका सचिव योगेश भट्टराई ,नेपाली कांग्रेसका नेता गुरु घिमिरे बक्ताको रुपमा रहेका थिए । कार्यक्रममा नेकपा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत र नेपाल कांग्रेस इलामका सचिव निरोज खड्गीले शुभकामना मन्तव्य राखेका थिए भने फाउण्डेसनका उपाध्यक्ष रमेश राईले कार्यक्रमको आयोजनाको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन फाउण्डेसनका सचिव छवि श्रेष्ठले संचालन गरेका थिए ।
अन्तरसम्बादमा दुई वक्तालाई अधिवक्ता जस बहादुर लुङ्गेली, नेपाली काग्रेसका नेता हरि खनाल, हिमालय कर्माचार्या, पत्रकार सुजन तिमसिना लगायतले प्रश्न र सुझाव दिएका थिए । उनीहरुले सक्ता केन्द्रि राजनीतिक भन्दा माथि उठेर जनतामा जान आग्रह गरेका थिए ।
