Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाए

पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाए

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १४ २०८०


पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाए

इलाम : कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले इलाममा प्रदर्शन गरेका छन् । ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाएका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवशरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार आईपुग्नुभएका भट्टराईलाई कालो झन्डा देखाईएको हो ।

पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार