Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पुन एकीकरण परियोजना (तस्बिरहरु)

सूर्योदय नगरपालिकामा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पुन एकीकरण परियोजना (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, असार १२ २०८०


सूर्योदय नगरपालिकामा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पुन एकीकरण परियोजना (तस्बिरहरु)

सूर्योदय । वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पुन एकीकरण गराउने उदेश्य सहित पुन एकीकरण परियोजनाले सूर्योदय नगरपालिकामा सरोकारवालाहरूसँगको प्रथम कार्यशाला आयोजना भएको छ ।


नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बिच द्विपक्षीय सम्झौता भए पश्चात कोशी प्रदेश र मधेश प्रदेशको दश दश वटा स्थानिय तहमा परियोजना सञ्चालन हुने भए पछि यस परियोजनाले सूर्योदय नगरपालिकामा गर्ने कामहरुको विषयमाथि सरोकारवालाहरुलाई जानकारी गराएको हो। सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईको अध्यक्षतामा संञ्चालन भएको कार्यशालामा राईले नितिगत कुरा परियोजना कसरी आयो र परियोजना किन आवश्यक छ यसको महत्व लगायतको बारेमा प्रष्ट पारे ।


प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराइले बैदेशिक रोजगारमा जानु पर्ने अवस्था बैदेशिक रोजगरमा रहेका नेपालीको तथायाङ्क लगायतको विषयमा जानकारी दिए ।
उक्त परियोजना को लागि प्रदेश संयोजक रिता विश्वासले समग्र परियोजना बैदेशीक रोजगारी बाट फर्किएका श्रमीकहरुलाई स्वदेश भित्र सामाजिक आर्थिक सांस्कृतिक र राजनितिक जीवनमा सक्रिय रुपमा स्थापीत गराउने उदेश्य रहेको बताए ।


कार्यक्रमको नेपाल परियोजना हेर्ने मधु लन्सकर र सामाजिक पुर्नएकीकरण विज्ञ सपना थापाले परियोजनाका बारेमा थप प्रष्ट पारेका थिए । । सूर्योदय हेर्ने कार्यक्रम संयोजक इश्वरी तामाङले संञ्चालन गरेको कार्यक्रममा नगरपालीकाको उपप्रमुख दुर्गा कुमार बराल, विभिन्न वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य विषय गत शाखाका शाखा प्रमुख संघ संस्थाका प्रतिनिधी लगायत सरोकारवालाहरूको उपस्थिती रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार