Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न, सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित

सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न, सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित

  • सन्देश सम्बाददाता
  • मंगलबार, असार १२ २०८०


सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न, सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित

सूयोदय । सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८०र ०८१ को लागि बजेट पारित गर्दै अधिवेशन अन्त्य भएको हो । बैशाख ८ देखि शुरू भएको अधिवेशनमा छ वटा बैठक बसेको छ । मंगलबारको छैटौं बैठकले सूर्योदय नगरपालिकाको आर्थिक विधेयक २०८० र सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित गरेको हो । दुव‌ विधेयक उपप्रमुख दुर्गाकुमार बरालले सभामा पेस गरेका थिए । बैठकमा सातजना सदस्यहरूले बजेट तथा सार्वजनिक महत्त्वको प्रस्तावमा ध्यानाकर्षण गराएको नगर प्रवक्ता ख्याम भुजेलले बताए ।
नगरसभाको बैठकमा आकाश लेप्चा, कमल प्रसाद गड्तौला, श्याम कटुवाल, अरूण शर्मा, सरन लिम्बु, विनोद श्रेष्ठ र राजकुमार श्रेष्ठले बजेट र सार्वजनिक महत्त्वका विषयमा बेलेका थिए । सदस्यहरूले उठाएको विषयमा नगरप्रमुखले सम्बोधन गरेका थिए । तेह्रौं अधिवेशनबाट सूर्योदय नगरपालिकाको संघ संस्था दर्ता ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८०, सार्वजनिक निजी साझेदारी ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८० र केही स्थानिय ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । अधिवेशनमा विषयगत समिति, न्यायिक समिति लगायतका प्रतिवेदन समेत पेस भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार