Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामको माङ्सेबुङ ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट

इलामको माङ्सेबुङ ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट

  • सन्देश सम्बाददाता
  • मंगलबार, असार १२ २०८०


इलामको माङ्सेबुङ ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट

माङ्सेबुङ । इलामको माङ्सेबुङ ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट भएको छ । समिर चेम्जोङको घरबाट लागेको आगलागीले ८ घर जलेको हो ।


मंगलबार राति २ बजेदेखि भएको आगलागीले जलेर घरहरु पूर्ण क्षति भएको छ । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताएको छ । आगलागी अझैँ नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकि छ । आगलागी के कारणले भएको खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयबासीबाट निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार