Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगपालिकाको तेह्रौं नगरसभाको तेस्रो बैठक

सूर्योदय नगपालिकाको तेह्रौं नगरसभाको तेस्रो बैठक

  • सन्देश सम्बाददाता
  • बुधबार, असार ६ २०८०


सूर्योदय नगपालिकाको तेह्रौं नगरसभाको तेस्रो बैठक

सूर्योदय । सूर्योदय नगपालिकाको तेह्रौं नगरसभाको तेस्रो बैठकमा नगरपालिकाले बनाएको ऐनको संशोधन प्रस्ताव र प्रतिवेदन पेश भएको छ । नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको बैठकमा सूर्योदय नगरपालिकाको संघ संस्था दर्तासम्बन्धि ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८० पेस भएको छ । सभामा विधेयक समितिका संयोजक उर्गेन बम्जनले प्रतिस्थापन विधेयक पेश गरेका थिए । त्यस्तै सूर्योदय नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेकने विधेयक २०८० पेस भएको छ । भौतिक पूर्वाधार विकास समिति संयोजक पेमा उर्गेन लामाले प्रतिस्थापन विधेयक सभामा पेश गरेका थिए ।
बुधबार बसेको सभामा केहि स्थानिय ऐनलाई संशोधन गर्न बनेको विधेयक कार्यपालिका सदस्य ख्याम भुजेलले पेस गरेका छन् । सभामा पेस भएको केही स्थानीय ऐन संशोधन प्रस्ताबले नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, सूर्योदय नगरपालिकाको स्थानीय कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको ऐन २०७४, सूर्योदय नगरपाकाको खानेपानी व्यवस्थापन ऐन २०७६ र सूर्योदय नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ मा रहेका केही प्रावधानलाई संशोधन गर्ने प्रस्ताव गरेको छ ।
सभामा उपप्रमुख दुर्गा कुमार बरालले न्यायीक समितिको र अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पेस गरेका छन् । सभामा आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले सूर्योदय नगरपालिकाको आवधिक योजना २०७७र०७८ (२०८१र०८२ को मध्यावधि समिक्षाको प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक गणेश कुमार खड्काले सूर्योदय नगरपालिकाको आ व २०७८र०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सभामा पेस गरेका थिए । नगरसभाको अर्को बैठक असार ९ गते पुन बस्नेगरी स्थगित भएको छ । नगरसभाको तेह्रौ अधिवेशन बैशाख ८ गतेदेखि शुरू भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार