Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माओवादी माईको अध्यक्षमा लुङ्गेली

माओवादी माईको अध्यक्षमा लुङ्गेली

  • तेज बहादुर घिमिरे
  • मंगलबार, असार ५ २०८०


माओवादी माईको अध्यक्षमा लुङ्गेली

माई । नेकपा माओवादी केन्द्र माई नगरपालिकाको विशेष अधिवेशनबाट भक्त लुङ्गेलीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी निर्वाचित भएका छन् । सोमबार सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा चक्र कटुवाल, महिला उपाध्यक्ष रञ्जना थापा, उपाध्यक्ष खुल्लामा यज्ञ बाँस्तोला निर्वाचित भएका छन् ।

कमिटीको सचिवमा मदन लोक्ताम, सहसचिव लक्ष्मण आले, कोषाध्यक्ष निर्मला राई रहेका छन । सदस्यहरुमा बुद्धिमान चेम्जोङ, राजकुमार लिम्बु, दिपक राई, लक्ष्मी खत्री, राम बहादुर खड्का, मुकुन्द आचार्य, रोम ढकाल, धन बहादुर खड्का, गणेश कुमारी आले, मोहन कुमार राई, लोक बहादुर गदाईली, सोम बहादुर राई र जसबहादुर लिम्बु रहेका छन् ।

अन्य सदस्यहरुमा किशोर गुरुङ, देवेन्द्र गिरी, नरबिर एक्तेन, गणेश भारती, गितादेवी अधिकारी, रितामाया तामाङ, भिम परियार, सुवास राई, शान्ता सेलिङ, सविन राई, युवराज खत्री, भेषराज लिम्बु, रानी बहादुर नेम्वाङ, नारायण बुढाथोकी, रामकुमारी विश्वकर्मा, श्रीप्रसाद सिञ्चुरी, विनोद नेम्वाङ, दिलिप भण्डारी र अम्बिका बानिया रहेका छन् ।

समितिमा आवश्यकता अनुसार सदस्यहरु थप गर्दै लगिने नवनिर्वाचित अध्यक्ष लुङ्गेलीले बताए । सम्मेलन आयोजक समितिका संयोजक बिनोद नेम्वाङको अध्यक्षतामा भएको खुल्ला सत्रको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता र दिपक सिञ्चुरीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, पुर्व अध्यक्ष धनकुमार लिम्बु, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठाकुर प्रसाद खाती, यदुनाथ दुलाल, वाइसीएल प्रदेश सदस्य ज्ञान बहादुर मगर, विद्यार्थी नेता शिखर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । लक्ष्मण आलेले स्वागत गरेको कार्यक्रम सचिव चक्र कटुवालले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार