Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रेस युनियन इलाम नेतृत्वका लागि चार जना दावेदार

प्रेस युनियन इलाम नेतृत्वका लागि चार जना दावेदार

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २ २०८०


प्रेस युनियन इलाम नेतृत्वका लागि चार जना दावेदार

इलाम । प्रेस युनियन इलामको अध्यक्षको लागि चार जना दावेदारमा रहेका छन । जिल्ला अध्यक्ष सविता पाण्डे, उपाध्यक्ष विनय तिम्सिना, सचिव टीका खतिवडा र कोषाध्यक्ष राजिव न्यौपाने अध्यक्षको दावेदारमा छन । जिल्ला अध्यक्षमा चार जनाको नाम आएपछि सहमतिका लागि प्रयास भईरहेको प्रेस युनियन कोशी प्रदेश सदस्य विनु खड्काले बताए ।

नेपाल प्रेस युनियन इलामको नवौ जिल्ला अधिवेसन अध्यक्ष सविता पाण्डेको अध्यक्षता, नेपाली काङ्ग्रेस इलामका उप सभापति खगेन्द्र देवानको प्रमुख आतिथ्यता र इलाम नगरपालिकाका प्रमुख केदार थापाको विशेष आतिथ्यतामा उद्घाटन भएको छ । अधिवेसनको अवसर पारेर संस्थाका संस्थापक अध्यक्ष, अग्रज पत्रकार र पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा प्रभाकर प्रधान, उर्मिला सुवेदी, हरि प्रसाद लुइटेल, तोयानाथ भट्टराई र विप्लव भट्टराई रहेको उपाध्यक्ष विनय तिम्सिनाले बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका डा जगदिश्वर नरसिंह केसी, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारीका अध्यक्ष भिम चापागाई, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष राम योङहाङले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै सम्मानितको तर्फबाट तोयानाथ भट्टराई, हरि प्रसाद लुइटेल, प्रभाकर प्रधानले मन्तव्य राखेका थिए ।

इलाम नगरपालिकाका नगर प्रवक्ता नुतनदेव दुलाल, नेपाल शिक्षक संघका अध्यक्ष रोमनाथ शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष लिला थापा, काङ्रेस ट्रेड युनियन ढाकाराम न्यौपाने, नेपाल प्राध्यापक संघ अध्यक्ष राजेन्द्र बराल, संस्थापकबाट सोम सुसेली, उधोग वाणिज्य संघ श्री विष्ट, जिल्ला अध्यक्ष वन पैदावार रोहित खड्काले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार