Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाकफाेकथुममा याेजना तर्जुमा र स्थानीय तहकाे समाचार लेखन तालिम

फाकफाेकथुममा याेजना तर्जुमा र स्थानीय तहकाे समाचार लेखन तालिम

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार १ २०८०


फाकफाेकथुममा याेजना तर्जुमा र स्थानीय तहकाे समाचार लेखन तालिम

फाकफाेकथुम । नेपाल पत्रकार महासंघ इलाम शाखाको आयोजनामा जिल्लाका पत्रकारहरुलाई योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन सम्बन्धी तालिम दिएको छ ।
फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोगमा जेठ ३० गतेदेखि संचालन भएको तीन दिनको तालिम विहिवार समापन भएको हो ।
पालिकाको सेवा केन्द्र आमचोकस्थित कार्यालयको सभाहरुमा सञ्चालन भएको तालिम कान्तिपुर दैनिकका अर्थविट तथा प्रशिक्षक यज्ञ बन्जडेले सहजीकरण गरेका थिए । उक्त तालिममा योजना तर्जुमा बारे प्रशिक्षण दिंदै स्थानीय तहको समाचार लेखन सम्बन्धी सहजीकरण गरिएको महासंघ शाखाका सहसचिव प्रेम अधिकारीले जानकारी दिए ।
अर्थ रिपोटिङ,डाटा पत्रकारिता, यसमा ध्यान दिनुपर्ने कुराहरु,तथ्याङ्क कसरी संकलन गर्ने,यसबाट सिक्नु पर्ने कुरा,समचार कसरी बनाउनेलगायतका विषयमा तालिम दिइएको जनाइएको छ । महासंघ जिल्ला अध्यक्ष विप्लप भट्टराईको अध्यक्षतामा पालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष कल्पना राई र प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बु,महासंघ प्रदेश उपाध्यक्ष लवदेव ढुगानाको विशेष आतिथ्यतामा समापन भएको हो ।
छिमेकी जिल्ला पाँचथरबाट समेत सहभागिता रहेको थियो । राष्ट्रियस्तरका सञ्चारकर्मीले दिएको प्रशिक्षणको समापन कार्यक्रममा अध्यक्ष खनालले जिल्लाकै दुर्गम र इलामको भौगोलिक विकटतासंगै पालिकाको हरेक समस्या र कमीकमजोरीलाई उजागर गर्दै सुधारोन्मुखको बाटोमा लैजान संचार माध्यमले भुमिका खेली दिन पनि आग्रह गरेका छन् ।
उपाध्यक्ष राईले पालिका भित्रका कुनैपनि समाचार सम्बन्धीत श्रोत र स्थलगत अवलोकनपछि मात्रै बनाइदिन आग्रह गरेकी छिन् । सेकेण्डरी स्रोतका आधारमा बनाइएको समाचार सन्तोषजन र तथ्यपरक नहुने भन्दै वास्तविक पालिकाका विषयवस्तु, गतिविधिहरू उठान नहुने र भ्रम सृजना गर्ने सक्ने उनले बताइन् । यसैबीच, प्रमुख प्रशासकिय अधिकृत लिम्बुले पालिकामा कर्मचारी पर्याप्त नहुँदा हरेक काममा जटिल भएको बताए ।
प्रदेश सरकारबाट आएका योजना बारे पालिकामा कुनै जानकारी र अधिकार नदिएकोले समस्या उत्पन्न हुने गरेको समेत उनले जानकारी गराए । समापना कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष ढुंगान र प्रशिक्षक बन्जडेले पनि संचारकर्मीको भुमिका र अनुभव सुनाएका थिए ।
महासंघ जिल्ला अध्यक्ष भट्टराईले सिंगो इलामको बारेमा परिचय खुल्ने संगाले निर्माण गर्न प्रयत्न गरिरहेको जानकारी दिए । पञ्चायतकाल,बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा इलाम कस्तो बन्दैछ,हरेक कालखण्डमा इलाम कस्तो थियो र आगामी इलाम कस्तो बन्नुपर्छ भन्ने संगालो निकाल्न सबै बौद्धिक वर्गमा आग्रह गरेका छन् ।
प्रत्येक पालिकाको परिचयसहित पालिकामा हुने सम्भावना,चुनौती र अवसरलाई पुस्तकमा समेटिने उनले बताए । उक्त पुस्तक भावी सन्ततीलाई इलामको बारेमा अध्ययन गर्न सहयोग मिलोस् र जिल्लाको परिचयले आगन्तुलाई सहजरुपले जानकारी होस् भन्ने उदेश्यले तयार गर्न लागिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार