इलाम : आत्महत्या गर्न खोज्ने झापाका एक युवालाई प्रहरीले उद्धार गरेको छ । ३५ वर्षका झापाका युवालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाईलनको डोरीले पासो लगाई आत्महत्या गर्न खोजी रहेको अवस्थामा स्थानीय मानिसले देखी जिल्ला प्रहरी कार्यालय फोन मार्फत जानकारी गराएका थिए ।
जानकारी पाएपछि तत्काल प्रहरीले डोरी सहित निजलाई उद्धार गरेर उपचार पछी जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी विपन विश्वकर्माले जानकारी गराए । उद्धारपछि घरायसी समस्याको कारण आत्महत्या गर्न खोजेको प्रहरीलाई बताएको जनाइएको छ ।
आफन्तलाई खबर गरी बुझाउँनको आवश्यक पहल भईरहेको प्रहरी कार्यालयले जनाएको छ