Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा अभिषेक

आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा अभिषेक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ ५ २०८०


आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा अभिषेक

इलाम । नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा पुन चक्र येक्तेन ९अभिषेक० निर्वाचित भएका छन् । बुधबार राती सम्पन्न महासंघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष येक्तेन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा तीनजना र्विाचित भएका छन् । नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ निर्वाचित भएका हुन । सचिवमा याम वाङ्देल, निर्वाचित भएका छन् । सहसचिव अर्जुन मगर र माङ्गा उराउ चयन भएका छन् । साथै कोषाध्यक्षमा वालकुमारी देवान निर्वाचित भएको जनाइएको छ ।

सदस्यहरुमा ङीमा दोर्जे शेर्पा, दिपक कुमाल, गंगा सुनुवार, दावा लाप्चा, छिकिन तामाङ, दिपक दनुवार, दिपक गुरुङ र इन्द्रकुमार योल्मो निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार