इलाम । इलाम बजार–सन्दकपुर पर्यटकीय सडक अन्र्तगतको सुलुबुङ सडक खण्डमा रहेको पहिरो नियन्त्रणको अध्ययन सुरु भएको छ । प्रदेश सांसद खिन लङ्वा लिम्बु नेतृत्वमा गएको अनुगमन टोलीले सडक निर्माणका क्रममा बनेको पहिरो नियन्त्रणका लागि अध्ययन गरेको हो ।
भुगर्भ विद, पुर्बाधार बिकास कार्यालय झापाको इन्जिनियर, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पहिरो अनुगमन गरेर नियन्त्रणका लागि आवश्यक कार्य अघि बढाएका हुन् ।

