सन्दकपुर । भौगोलिक विषमता, प्राकृतिक रमणियता र जैविक विविधतासँगै विभिन्न जाति जनजातिको मौलिक परम्परा, रीतिरिवाज र धर्म संस्कृतिले सन्दकपुर गाउँपालिकामा सास्कृतिक पर्यटकिय गाउँको रुपमा समेत विकास भएको छ ।

गुरुङ्ग, राई, लिम्बु, सुनुवार, मगर, सेर्पा, तामाङ्ग, बाम्हण, क्षेत्री, कामी दमाई, अल्पसंख्यक थामि, बाम्हण, क्षेत्री समुदायले मनाउने आ आफ्नो चाडपर्व र मौलिक सस्कृति यहाँका सास्कृतिक गहना हुन् ।

आदिवासी जनजातिको मौलिक रहनसहन, जातिय भेषभुषा र हरेक चाडपर्वहरुमा नाचिने जातिय झाँकिले पनि सास्कृतिक रौनक थपेको छ । सन्दकपुर गाउँपालिकामा बस्ने बाम्हण र क्षेत्री समुदायको सस्कृति पर्यटक आकर्षणको माध्यम बन्न थालेको छ ।

हिन्दु सनातन समुदायले गर्ने १६ संस्कारमा आधारित सस्कृतिक नृत्य यहाँ बसोबास गर्ने बाम्हण र क्षेत्री समुदायका महिलाले संरक्षण गरेका छन् । चेलीले माइतीलाई बिदाईको हात हल्लाउँदा गरिने अभिनयमा आधारित संगिनी नाच अहिले पनि जिवन्त रहेको पाइन्छ ।
