Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

आगलागि पिडितलाई एमाले सन्दकपुरको सहयोग

आगलागि पिडितलाई एमाले सन्दकपुरको सहयोग

  • किरण राई
  • बुधबार, जेष्ठ ३ २०८०


आगलागि पिडितलाई एमाले सन्दकपुरको सहयोग

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका वडा न ३, सुलुबुङका आगलागि पिडित लुमणि पाठक (लोकु) लाई नेकपा एमालेले सहयोग रकम प्रदान गरेको छ । नेकपा (एमाले) सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्ग वडा कमिटीको तर्फबाट संकलित १ लाख २८ हजार ५ सय ५५ रुपैया प्रतिनिधिसभा सदस्य महेश बस्नेतको उपस्थितीमा पिडित पाठक परिवारलाई हस्तान्तरण गरिएको हो ।

गत बैशाख २० गते छोरीको विहेको तयारीमा रहेको पाठक परिवारको घरमा ग्यास लिक भएर आगलागि भएको थियो । आगलागिबाट घरका सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष उदय बहादुर राई, सचिव उमेश गुरुङ, नेकपा एमाले सन्दकपुर अध्यक्ष गिरिराज खनाल, नेकपा एमाले सन्दकपुर–३ अध्यक्ष रुपेन नेम्वाङ, एमाले नेता दिपक गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार