इलाम । नेकपा माओवादी केन्द्रको २ महिने पार्टी सुदृढिकरण अभियान इलाममा हुने भएको छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सह–इञ्चार्ज सावित्रिकुमार काफ्लेको प्रमुख आथित्यतामा सम्पन्न बैठकले २ महिने पार्टी सुदृढिकरण अभियान संचालन गर्ने निर्णय भएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिले संचालन गरेको पार्टी सुदृढिकरण अभियान इलाममा संचालन हुन सकेको थिए । केन्द्रिय सदस्य र प्रदेश कमिटिका सदस्यहरुको तोकिएको जिम्मेवारीबारे असन्तुष्टि जनाउँदै रोकिएको अभियान हालै बसेको जिल्ला समन्वय समितिको बैठकले पुनः संचालन गर्ने निर्णय भएको हो ।

प्रदेश कमिटि अध्यक्ष हर्क बहादूर नेम्बाङ मिक्सो, केन्द्रिय समिति सदस्य धिरेन्द्र सर्मा रमनको आथित्यतामा भएको बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी दिँदै अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति अध्यक्ष बिजय खम्बुले बताए । २ महिने अभियानका बेला सबै जनबर्गिय संगठनको भेला, प्रशिक्षण र अधिवेशन गर्नुपर्ने भए बिषेश अधिबेशन गर्ने भएको हो ।