Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा भ्रष्टाचार विरुद्द अखिल क्रान्तिकारी र वाइसीएलको ऐक्यवद्दता

इलाममा भ्रष्टाचार विरुद्द अखिल क्रान्तिकारी र वाइसीएलको ऐक्यवद्दता

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ३१ २०८०


इलाममा भ्रष्टाचार विरुद्द अखिल क्रान्तिकारी र वाइसीएलको ऐक्यवद्दता

इलाम । नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपाल र अखिल (क्रान्तिकारी) इलामको आयोजनामा भ्रष्टाचार विरुद्द ऐक्यवद्द्ता र खबरदारी कार्यक्रम गरेको छ । इलामको टुडिखेलबाट सुरु भएको कार्यक्रम इलाम चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा सहभागीहरुले भ्रष्टचारीको जालो छ तोड्ने हाम्रो पालो छ, अघि बढ् प्रचण्ड जनता साथमा छन्, देखिस के एमाले टोपेलाई बा ले का हाले ?, सुरु भयो फिलिम भ्रष्टचारी चिलिम, यति ओम्नी महाकाली खोलिन्छ फायल यसपाली, राष्ट्रवादको हुङकार भ्रष्टचारमा खुङखार, शरणार्थी प्रकरणमा मुछिएका सबैलाई निलम्बन गर, हामी भन्नेछौ बारम्बार भ्रष्टचारीलाई कारागार नारा लगाएका थिए ।

चोक बजारमा भएको कोणसभालाई नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम युवा फ्रयाक्सन इन्चार्ज दिपेन राई, वाइसिएल प्रदेश सहसंयोजक विक्रम लिम्बु, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य विपिन पोखरेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य प्रभाश शर्मा, कार्यालय सचिव प्रकाश परियार, नेकपा माओवादी केन्द्र इलामको विद्यार्धी इन्चार्ज गन्जु प्रधान, नेकपा माओवादी देउमाई अध्यक्ष अशोक प्रधान, सचिव आकाश लिम्बु, नेकपा माओवादी केन्द्र रोङ अध्यक्ष देवकुमार राई, वाइसिएल इलाम सचिव निरा गुरुङ, मरब क्याम्पस स्ववियु सचिव राजेन्द्र लोहार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन वाइसिएल इलाम संयोजक कमल दुलालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार