Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पर्यटकिय स्थल भालुढुंगामा अव मृग पनि

पर्यटकिय स्थल भालुढुंगामा अव मृग पनि

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ३१ २०८०


पर्यटकिय स्थल भालुढुंगामा अव मृग पनि

इलाम बजार देखी उत्तर गढी नजिकै रहेको ओढारे भालुंढुंगा सामुदायिक वन क्षेत्रलाई मिनी चिडियाखानाको रुपमा विकास गर्न प्रयास थालिएको छ । विभिन्न ओढार र हराभरा वन क्षेत्र रहेको यो सामुदायिक वनमा चिडियाखानाको रुपमा विकास गर्ने सोच अनुरुप पछिल्लो पटक तीन वटा रतुवा मृग राखिएको छ ।

ओढारे भालुढुंगा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सव डिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताए । विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुइ पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकहरुको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ ।

खड्काले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवद्र्धन समिति मार्फत एक लाख सहयोग भएको र तारजाली व्यवस्थापन गरिएको जानकारी दिए । उनले सुरेन्द्र राई मार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रडहरु र प्राविधिक उपलव्ध गराएको बताए । भालुढुंगाको नामले परिचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहार समेत देख्न पाइने छ । भालुपालनको व्यवस्थापन गर्न नगर पर्यटन प्रवद्र्धन समितिले प्रयास थालेको छ ।

यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालन गरिएको छ । उपलव्ध भएका मृगहरुको पालनपोषणका लागि इलाम कृषि विज भण्डारका पशुपति भट्टराईल मासिक ५० केजी चारो उपलव्ध गराएका छन् ।
इलाम सदरमुकाम छेउमै रहेको भालुढुंगा क्षेत्रको विकासमा स्थानीय स्तरमा गठित भालुढुंगा पर्यटन प्रवद्र्धन विकास संस्था समेत क्रियाशील रहेको छ ।

संस्थाले समेत यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने भएको छ । मृग, खरायो, बाँदर, स्याल, दुम्सी जस्ता रैथाने जनावरको संरक्षण गरी नमुना पार्क समेत बनाइने भएको अध्यक्ष हरि गुरुङ बताउँछन् । भालुढुंगा पर्यटन क्षेत्र आसपासमा होमस्टे व्यवस्थापन गरिएको छ । यहाँसम्म जानका लागि इलाम कारागार हुदै कालोपत्र सडक समेत निर्माण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार