Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन : प्रधानमन्त्री

शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन : प्रधानमन्त्री

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख २७ २०८०


शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् ।मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो, उनले भने । प्रधानमन्त्री दाहालले अगाडि भने, नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार