Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजार क्षेत्रमा पक्कि सडक (तस्बिरहरु)

सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजार क्षेत्रमा पक्कि सडक (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • आइतबार, बैशाख १७ २०८०


सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजार क्षेत्रमा पक्कि सडक (तस्बिरहरु)

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली बजार क्षेत्रको सडक पक्कि बनाउने काम धमाधम भइरहेको छ । हिउँदमा धुलो र वर्षातमा धुलो हुने गरेको देउराली बजार क्षेत्रमा सन्दकपुर गाउँपालिकाले सडक स्तरउन्नती गर्दै आएको छ । सन्दकपुर गाउँपालिका र संघीय सरकारले फरक फरक योजनाबाट सडक पक्कि बनाउने योजना कार्यान्वयन भइरहेका छन् ।

गाउँपालिकाको बजेटबाट देउराली बजार छेउबाट माइपोखरी रोडतर्फको सडकमा पक्कि ढलान हुँदै गरेको उपभोक्ता समितिका सुमन सुवेदीले बताए । त्यस्तै गाउँलिकाको प्रमुख प्रशासकिय भवनदेखि देउराली बजारसम्मको सडक संघीय सरकारबाट पक्कि ढलानको काम हुँदै आएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार