Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

अर्थतन्त्र सबल बनाउन मौलिक कृषि उत्पादनको प्रवर्द्धन जरुरी : मन्त्री भुसाल

अर्थतन्त्र सबल बनाउन मौलिक कृषि उत्पादनको प्रवर्द्धन जरुरी : मन्त्री भुसाल

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १६ २०८०


अर्थतन्त्र सबल बनाउन मौलिक कृषि उत्पादनको प्रवर्द्धन जरुरी :  मन्त्री भुसाल

फिक्कल । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गरेर मात्रै देशको व्यापार घाटा कम गर्न सकिने बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भुषालले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने र त्यसको मुख्य आधार कृषि क्षेत्र भएको बताए । कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिने सरकारको योजना रहेको बताए ।
आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गरेमात्रै कृषि क्षेत्रको व्यापार विस्तार गर्न सहज हुने उनको भनाइ छ । कृषि क्षेत्रलाई सवल सक्षम बनाउन सरकारले आगामि आर्थिक वर्षमा प्राथमिकताका साथ योजनाहरुको प्रस्ताव गरिने मन्त्री भुषालले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार