Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

झापा–इलाम मैत्री समाज अधिवेशनको तयारीमा

झापा–इलाम मैत्री समाज अधिवेशनको तयारीमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १५ २०८०


झापा–इलाम मैत्री समाज अधिवेशनको तयारीमा

विर्तामोड । इलाम–झापा मैत्री समाजले चौथो अधिवेशनको तयारी पूरा गरेको छ । वैशाख १६ गते शनिबार बिर्तामोड–२ स्थित जयश्री ड्रिमल्याण्ड पार्कमा चौथो जिल्ला अधिवेशन गरिने भएको संस्थाका अध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिए ।

उक्त अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ । अधिवेशनको उद्घाटन जयनारायण ढुङ्गानाले गर्ने कार्यक्रम तय भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

२०७३ साल जेठ २० गते विधिवत रुपमा दर्ता भएको संस्थाले बिर्तामोड अर्जुुनधारा र बुद्धशान्तिमा संगठन विस्तार गरेको छ । आगामी दिनमा उक्त कार्यलाई झापा अन्य पालिकाहरुमा समेत संगठन विस्तार गरिने अध्यक्ष पौडेलले बताए ।

कार्यक्रमको सहजीकरण संस्थाका महासचिव अच्युत दाहालले गरेका थिए ।समाजमा पाँच सय जना सदस्य आवद्ध भएको बताइएको छ । इलामबाट आएर झापामा झण्डै ५० हजार मानिस बसोवास गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार