विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेशका पर्यटकीयस्थलहरुको प्रवद्र्धनका काम आगामि बजेटबाट सम्बोधन हुने बताएका छन् । कोरोना माहामारीका कारण थलिएको पर्यटन व्यवसाय पुनः चलायमान र प्रवद्र्धनका लागि आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा सम्बोधन गरिने मन्त्री आचार्यले बताए । इलामको सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न तयार गरेको फोटो बुक ग्रहणपछि बोल्दै मन्त्री आचार्यले ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न स्थानीय तहसँग सहकार्य गरिने बताए । मन्त्री आचार्यलाई फोट बुक हस्तान्तरणपछि सन्दकपुर गाउँपालिका २ का अध्यक्ष सनम राईले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रहेको सन्दकपुर डाँडासम्म पुग्ने सडक स्तरउन्नती र अन्य पर्यटकीयस्थलहरुमा पर्यटन पूर्वाधारका लागि आगामि आर्थिक वर्षको बजेटमा समावेस गर्न माग गरेका थिए ।