Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेपाल दलित मुक्ति मोर्चाको प्रदेश अध्यक्षमा हुकुम

नेपाल दलित मुक्ति मोर्चाको प्रदेश अध्यक्षमा हुकुम

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १५ २०८०


नेपाल दलित मुक्ति मोर्चाको प्रदेश अध्यक्षमा हुकुम

इलाम । नेपाल दलित मुक्ति मोर्चाको प्रथम प्रदेश सम्मेलनबाट हुकुमसिं नेपाली अध्यक्षतामा १ सय ७१ सदस्यीय समिति चयन भएको छ । सुनसरीको धरानमा बैशाख १२ र १३ गते सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा शर्मिला विक र दिल बहादुर रामदाम चयन भएका छन् ।

यसैगरी समितिको सचिवमा बबिन्द्र रसाइली र सहसचिवमा क्रमशः प्रकाश परियार, रत्न रम्तेल, मिलन चाहार चुनिएका छन् । कोषाध्यक्षमा झनक विक चुनिएको समितिका अध्यक्ष हुकुमसिं नेपालीले जानकारी दिए ।

सम्मेलनमा कोशी प्रदेशभरका जिल्लाहरुबाट प्रतिनिधी तथा पर्यबेक्षकको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार