Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक, चितवन–२ बाट दोस्रो पटक विजयी

रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक, चितवन–२ बाट दोस्रो पटक विजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १२ २०८०


रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक, चितवन–२ बाट दोस्रो पटक विजयी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने दोस्रो पटक विजयी भएका छन्। गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन्। लामिछानेले ५४,१७५ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११,११४ मत पाएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन्। लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । उनले आफ्नै रेकर्ड ब्रेक गरेका हुन्। गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजयी हासिल गरेका थिए। नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार