Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनकाे काम उदाहरणिय : प्रदेश प्रमुख खापुङ

सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनकाे काम उदाहरणिय : प्रदेश प्रमुख खापुङ

  • सुजन तिमल्सिना
  • बिहिबार, बैशाख ७ २०८०


सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनकाे काम उदाहरणिय : प्रदेश प्रमुख खापुङ

सन्दकपुर । कोशी प्रदेशका प्रमुख परसुराम खापुङले इलामको सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनका काम उदाहरणिय भएको बताएका छन् । प्रथम सन्दकपुर महोत्सव उद्घाटनपछि पर्यटकीयस्थलको भ्रमण गर्नुभएका प्रदेश प्रमुख खापुङले पर्यटनको माध्यमबाट देशको अर्थतन्त्र विकास गर्नुपर्ने बताए ।
सन्दकपुर गाउँपालिका भित्रका पर्यटकियस्थलहरुको भ्रमणपछि गाउँपालिका कार्यलयमा जनप्रतिनिधिहरुसँगै अन्तरक्रिया गर्दै प्रदेश प्रमुख खापुङले सन्दकपुरले शुरु गरेको पर्यटन प्रवद्र्धनको कामबाट प्रदेशमात्रै नभएर देशले सिक्नुपर्ने बताए ।
प्रदेश प्रमुख परसुराम खापुङले कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडा, रामसार क्षेत्र माईपोखरी, ढापपोखरी, टोड्के झरना, दोबाटे लगायतका पर्यटकीयस्थलसँगै गुरुङ्ग सस्कृतिको अध्ययन अवलोकन गरेका थिए ।
प्रथम सन्दकपुर महोत्सवको अवसरमा बैशाख ५ गते सन्दकपुर आइका प्रदेश प्रमुख खापुङलाई पर्यटकीयस्थल भ्रमणपति सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, उपाध्यक्ष हरि लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत महेर राई वडाध्यक्ष सनम राई, कर्मचारी लगायत आयोजक समितिका पदाधिकारीले बिदाई गरेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले पर्यटन प्रवद्र्धनका काममा प्रदेश प्रमुखका माध्यमबाट प्रदेश सरकारको ध्यानआकर्षण हुनेमा आशा राखेको बताए । पर्यटन प्रवद्र्धनको विकासको काममा प्रदेश प्रमुखबाट निरन्तर सहजिकरण हुने अध्यक्ष गुरुङ्गको भनाइ थियो ।
सन्दकपुरको आय पर्यटनका माध्यमबाट हुने भएकाले गाउँपालिकाले पर्यटकियस्थलको पूर्वाधार निर्माण र प्रवद्र्धनमा काम गर्दै आएको उपाध्यक्ष हरि लुङ्गेलीले जानकारी गराएका थिए ।
अन्तरक्रियामा बोल्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले पर्यटन महोत्सवको अवसरमा प्रदेश प्रमुखबाट पर्यटकीयस्थलको भ्रमण गर्नुले ग्रामिण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार