Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

उपनिर्वाचन : आज मध्यरातदेखि ‘मौन अवधि’

उपनिर्वाचन : आज मध्यरातदेखि ‘मौन अवधि’

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख ७ २०८०


उपनिर्वाचन : आज मध्यरातदेखि ‘मौन अवधि’

काठमाडौं : यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बज हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने प्रावधान छ । आयोगले आफ्ना उम्मेदवार रोजी भयरहित भई मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ। वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार