सन्दकपुर । कोशी प्रदेशका प्रमुख परसुराम खापुङले नेपालको सास्कृतिक विविधतानै आम्दानीको श्रोत भएको बताएका छन् । प्रथम सन्दकपुर महोत्सव औपचारिक कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले कोराना माहामारिका कारण थला परेको पर्यटन व्यवसाय महोत्सव र सास्कृतिक उत्सवबाट चलायमान हुने बताए ।
कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडा, रामसार क्षेत्र माईपोखरी, छिन्टापु लगायत दर्जनौ पर्यटकीय गन्तव्य रहेको सन्दकपुरले शुरु गरेको पर्यटन प्रवद्र्धनको कामबाट प्रदेशमात्रै नभएर देशले सिक्नुपर्ने बताए ।
पर्यटन व्यवसाय मात्रै हैन अब उद्योगको रुपमा विकास गरि हामी हाम्रो आर्थिक अवस्था सुधार गर्नुपर्ने प्रमुख प्रमुख खापुङले भने–‘हामी हाम्रो मौलिकता, प्राकृतिक सुन्दरता र वन्यजन्तुसँगै बनजंगल देखाएर बिदेशी पर्यटक ल्याउने वातावरण गरि आर्थिक सवृद्धि तिर जान सक्छौँ ।
महोत्सवबाट थलिएको पर्यटन व्यवसाय प्रवद्र्धनका लागि चलायन बनाउने भएकाले व्यवस्थित रुपमा इलामको सन्दकपुर गाउँपालिकाले आफ्ना योजनाहरु पनि कार्यान्वयन गर्ने अपेक्षा राखेको प्रदेश प्रमुख खापुङले बताए । नेपाल देशको अग्लो भुमिमात्रै हैन, जैविक विविधता, कला, सस्कृति, झाँकीहरुबाट बिदेशीहरु लोभिने गरेकाले हामी संरक्षणसँगै व्यवस्थित गरे हाम्रो अर्थतन्त्र विकासमा ठुलो सहयोग पुग्छ ।